२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाइएकामा पत्नीको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

जलेश्वर । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठँ्यु जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनीहरुको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।साथै सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ ।

यता घटनामा सम्लग्न शङ्करलाई चार दिनअघि प्रहरीले नेपाल भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएकोे जनाएको छ ।