५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रका नाममा मोदीको ८३ मिनेटको सम्बोधन, सबैभन्दा लामो भाषणको रेकर्ड कति छ ?



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लाल किल्लाबाट नवौं पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ७६औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीले लाल किल्लाबाट झण्डा फहराएर ८३ मिनेट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । यसअघि २०२१ को स्वतन्त्रता दिवसमा उनले ८८ मिनेट भाषण गरेका थिए । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री चुनिएका उनले ६५ मिनेट देशका नाममा सम्बोधन गरेका थिए ।

सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ८६ मिनेटको भाषण गरेर पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडेका थिए । नेहरूले १९४७ मा लाल किल्लाबाट ७२ मिनेट लामो भाषण गरेका थिए ।

प्रधानमन्त्री मोदीले अहिलेसम्म लाल किल्लाबाट देशका नाममा ९ पटक सम्बोधन गरिसकेका छन् । उनले एक घन्टाभन्दा कम समय राष्ट्रका नाममा एकपटक मात्रै सम्बोधन गरेका थिए । २०१७ को स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीको भाषण मात्र ५६ मिनेट लामो थियो । यो उनको सबैभन्दा छोटो भाषण हो ।

मोदीले गरेका भाषणहरुको समय–
२०१४– ६५ मिनेट, २०१५ – ८६ मिनेट, २०१६ – ९६ मिनेट, २०१७ – ५६ मिनेट, २०१८ – ८२ मिनेट, २०१९ – ९३ मिनेट, २०२० – ८६ मिनेट, २०२१ – ८८ मिनेट, २०२२ – ८३ मिनेट । यो सबै भाषणहरु उनले लालकिल्लाबाट स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधन हो ।