२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.03

Humidity: 64

Latest
अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता विश्वप्रसिद्ध बिस्का : जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काईंदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन् फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को चर्चा चुलिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कला क्षेत्रको महत्वपूर्ण भूमिका: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीन बिचको मित्रता मन्जुश्री, बुद्धभद्र र भृकुटीले न्यानो बनाएको बताउनु भएको छ ।

कृष्णकुमार पाण्डेद्वारा लिखित ऐतिहासिक उपन्यास ‘डिभाइन ह्यान्ड्स्स् अरनिको मोर देन अ गेष्ट अफ एन्सिएन्ट चाइना’ कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारील नेपाल र चीन बिचको मित्रता तथा बौद्ध दर्शनको विस्तारलाई नेपाली धर्तीपुत्र अरनिकोले थप उज्यालो तुल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो “यस ऐतिहासिक उपन्यासको माध्यमबाट ७०० वर्ष अघि तिब्बतको शाक्य गुम्बाभित्र अरनिकोद्वारा निर्मित स्वर्णिम चैत्य तथा चीनमा त्यसबखत तातु भनेर चिनिने हालको बेइजिङ सहरमा निर्मित श्वेत चैत्यबारे पाठकहरूलाई विस्तृत जानकारी प्राप्त हुनेछ भन्ने मलाई लागेको छ ।”

राष्ट्रपति भण्डारीले भन्नुभयो “इतिहासको एउटा युगलाई जीवन्त रूपले स्मरण गराउने श्वेत चैत्य आज पनि नेपाल र चीन बिच मित्रताको प्रतीक बनेर उभिएको छ । हाम्रो नजिकको छिमेकी मित्रराष्ट्रसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कला क्षेत्रले खेलेको भूमिका ऐतिहासिक हुनुका साथै उच्च सम्मानयोग्य रहेको पनि यसबाट पुष्टि हुन्छ ।”

राष्ट्रपति भण्डारीले  नेपालचीन सम्बन्धको ऐतिहासिक धरोहर मानेर श्वेत चैत्यको संरक्षण गर्न चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले आफैं अग्रसरता लिनुभएको स्मरण गर्दै उहाँको योगदानको समेत स्मरण गर्नुभयो ।

बिमोचन समारोहलाई सम्बोधन गर्दे उहाँले चीनको राजधानी बेइजिङमा निर्मित श्वेत चैत्य ललितपुरका यलयबाबुले निर्माण गरेको हुनाले यो कृति उनकै वरपर केन्द्रित बन्नु स्वाभाविक भएको बताउनु भयो । उहाँले भन्नुभयो तत्कालीन चिनियाँ भाषामा पाहुनालाई आदरपूर्वक ‘अनिक’ भन्ने गरेको कारण पाटनका यलयबाबु नै ‘अरहनिको’ नामले चिनिएको विषय लेखकले आफ्नो अनुसन्धानबाट प्रष्ट्याउनु भएको बताउनुभयाे  ।

राष्ट्रपति भण्डारीले अरनिको जस्ता महान विभूतिका बारेमा आफ्नो मुलुक नेपालले भने सात सय वर्षपछि वि।सं। २०२८ सालमा मात्र थाहा पाउनुले हाम्रो इतिहास अध्ययन, अन्वेषण र खोजलाई तीब्र बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा ललितपुर महानगरपालीकाका प्रमुख चिरीबाबु महर्जनले कृति ललितपुरका लागि ठुलो उपहार भएको भन्दै अरनिको बारे थाहा नभएका तथ्थ हरु उजागर भएको बताउनु भयो ।

लेखक कृष्णकुमार पाण्डेले ईतिहासका कतिपय तथ्यहरु बाङ्गो रुपमा प्रस्तुत हुदै आएको हुदा खोज अनुसन्धान गरी सिधा बनाउनु पर्ने बताउनु भयो । उहाँले ईतिहास भबिष्यको मार्गदर्शक हुने भएपनि अहिले अपहेलित भएको भन्दै सहि ईतिहासको सम्मान र संरक्षण गर्न आग्रह गर्नुभयो ।