२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोनाको बराबरी



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले बराबरीबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुवात गरेको हो ।

खेलमा बार्सिलोनाले दबाब बनाइराखेपनि गोल गर्न भने सकेन । खेलको इन्जुरी समयमा सर्जियो बुस्केटल दोहोरो पँहेलो कार्डसहित रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बार्सिलोनाले रायो भालेकानोविरुद्ध यसै समरमा क्लबमा भित्र्याएका रोबर्ट लेवान्डोस्की, राफिन्हा र आन्द्रेस क्रिस्टेन्सेनलाई पहिलो रोजाईमा खेलाएको थियो ।

यो बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् ।