२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिको घोषणासँगै हरुवाचरुवा उत्साहित



file
अ+ अ-

जनकपुरधाम । अनुहार मलिन र चिन्तित देखिने धनुषाको शहीदनगर नगरपालिका–४ ननपट्टिका राजदेव वीनको अनुहारमा अचेल छुट्टै रौनक र चमक देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते तराई मधेसका जिल्लामा वर्षांैदेखि कायम रहेको हरुवाचरुवा मुक्तिको घोषणा गरेसँगै वीनको अनुहारमा रौनक र चमक फर्किएको हो ।

“साहुकोमा म गोठालोको काम गर्दै आएको थिए”, वीनले भन्नुभयो, “अब सदाका लागि मुक्त भएको छु ।” जमिन्दारको घरमा हरुवाचरुवाको रुपमा काम गर्दा दासत्वको अनुभूति भएको उहाँको भनाइ छ । “पहिला जीवन कसैको अधिनमा छ भन्ने अनुभूति भइरहेको थियो, अब नयाँ जीवन पाएको महसुस भइरहेको छ ।”

पहिला साहुको खेतमा मजदुरी गर्ने वीन अब आफू मालिक भएको अनुभव गर्न चाहेको सुनाउनुहुन्छ । “पहिला घाम र पानीलाई प्रवाह नगरी मरि मरि साहुको खेतबारी र घरमा काम गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो,“ तर अब साहुबाटै बटैयाँ र ठेक्कामा जग्गा लिएर आफै खेती गर्छु ।”

सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका मुक्ति सदालाई पनि यतिबेला फरक अनुभव भइरहेको छ । गाउँकै साहुकोमा खेतीपाती र गोठालोको काम गर्दै आएका मुक्तिले पनि हरुवाचरुवाको पहिचानबाट मुक्ति पाउने भन्दै खुसी महसुस गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “बाबुले लिएको ऋण तिर्न नसक्दा म पनि साहुकोमा हरुवा बस्नुपर्ने स्थिति थियो, सरकारले हरुवाचरुवा मुक्त गरेपछि साहुबाट मुक्त भएको र स्वतन्त्र जीवनमा बाँच्न पाउँदा औधि खुसी लागेको छ ।”

पश्चिम नेपालबाट कमैया र हलिया मुक्त भएको करिब दुई दशकपछि बल्ल उस्तै प्रकृतिको हरुवाचरुवा मुक्तिको घोषणा गरिएको छ । “मुक्तिको घोषणा भएपनि यसको व्यवस्थापन गर्न चुनौती देखिएको छ”, हरुवाचरुवा अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले भन्नुभयो । मधेस प्रदेशको आठवटै जिल्लामा हरुवाचरुवा प्रथा छ । हरुवाचरुवा मुक्ति घोषणा कार्यान्वयका लागि सङ्घीय, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।