४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

हिमालयन बैंक र अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड सेवा शुरु

हिमालयन बैंक र अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड सेवा शुरु
अ+ अ-

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा दुईवटा नयाँ एक्सप्रेस प्रिपेड कार्ड सेवा शुरु गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा ग्राहकहरुका लागि अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताएको हो । सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले अमेरिकन एक्सप्रेसँग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले दुईवटा कार्डहरुले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने बताउनु भयो ।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरुलाई सहज हुने भएको छ । त्यस्तै, हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्डको शुरुवातले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरिने बैंकले जनाएको छ । बैंकले शुरुवात गरेको कार्ड प्रयोग कर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाउने आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउनसक्ने भएका छन् । दुवै कार्डहरुले प्रयोग कर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभुति गराउने छ । बैंको दुबै कार्डका प्रयोग कर्ताहरुले आकर्षक क्यासब्याक र भ्रमण र खरिदका लागि लाभ लिन सक्नेछन् ।