५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री गगन थापाको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अध्यक्षतामा बुधबार कांग्रेस पदाधिकारीको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि महामन्त्री थापाको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित हुनुहुन्छ । महामन्त्री बनेपछि पहिलोपटक थापाले पदाधिकारी बैठकको अध्यक्षता गर्नुभएको हो ।

कार्यव्यस्तताका कारणले सभापति देउवा बैठकमा उपस्थित हुन नसक्नुभएको बताइएको छ । त्यस्तै उपसभापति खड्का कोरोना संक्रमणका कारण आइसोलेसनमा हुनुहुन्छ भने अर्का उपसभापति गुरुङ अहिले अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ ।

आजको बैठक स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि यही साउन ३० र ३१ गते गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि भएको बताइएको छ ।