२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप



फाईल फोटो
अ+ अ-

काठमाडौँ । निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपसिंह विष्टमाथि युवतीहरुलाई दुर्व्यहार गरेको आरोप लागेको छ । दिलीपमाथि बाटोमा हिँड्ने किशोरी तथा युवतीहरुमाथि जिस्काउ थालेको आरोप लगाइएको छ ।

निर्मला पन्त मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्डमा हिँड्ने किशोरी र युवतीलाई दिलीपले जिस्काउन थालेको गुनासो आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बाटोमा हिँड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई दिलीपले जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको छ ।

चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मलाको हत्यको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । उनी भीमदत्त नगरपालिका–२ का बासिन्दा हुन् । तर त्यसको दुई दिनपछि भदौ २६ मा हत्यामा उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत नमिलेको भन्दै जिल्ला अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।