२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसरोकारका सवालमा एमालेले अगुवाइ गर्छ: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताउनुभएको छ ।

जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप आज काठमाडौँ सो पार्टीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई समापन गर्दै महासचिव पोखरेलले जनताको सवाललाई उठाउने जिम्मेवारी एमालेको काँधमा आएको र अब महँगी, भ्रष्टाचार र राष्ट्रिय हितविरुद्ध जनता सडकमा आउनुपर्ने बताउनुभयो । जनता र राष्ट्ररका विरुद्ध षडयन्त्र गर्नेलाई जानताले नछाड्ने उल्लेख गर्दै उहाँले आजको प्रदर्शन आन्दोलनको थालनी भएको जनाउनुभयो ।

जनप्रदर्शन आयोजक कमिटीका संयोजक एवं पार्टीका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले अब हुने निर्वाचनबाट एमालले जनमत प्राप्त गर्ने भएकाले उत्साहका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिवाटिकामा पुगेर समापनसभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यसअन्तर्गतका चार जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।