२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता बिहिनको पत्र राष्ट्रपतिलाई, हामी कहिले सम्म अनागरिक भएर बस्ने ?



अ+ अ-

काठमाडौ ।  नागरिकता बिहिनहरुले आफूहरुको अभिभावक भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दे राष्ट्रपति बिद्यादेबी भण्डारीलाई पत्र लेखेका छन् ।  

नागरिकता बिहिन नेपालीहरुका तर्फबाट ईञ्जिनियर इन्द्रजित साफीले राष्ट्रपति भण्डारीलाई पत्र लेख्दै संसदबाट नागरिकता बिधेयक पास गराउने पहल गरिदिन पनि आग्रह गरेका छन् । पत्रमा उनिहरुले नेपालको सबिधान २०७२को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता  प्राप्त  गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफुहरु नागरिकता बिहिन भएर बस्नु परेको पीडा ब्ब्यक्त गरेका छन् ।

पत्रमा उनिहरुले सबिधानकाृ भाग २ को धारा ११ को उपधारा ३ अनुसार यो सबिधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त  गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज वालिग  भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ भन्ने कुराको पनि स्मरण गराएका छन् । नागरिकता बिहिन नेपालीहरुले लेखेको पत्रमा सबिधानको धारा ११को उपधारा ५ अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भै नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई बंशजको आधारमा  नेपालको नागरिकता प्रदान गरिने उल्लेख भएको तर बाबु बिदेशी  नागरिक ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून अनुसार अंगीकृत नागरिकतामा परिणत हुने उल्लेख गरिएको छ ।

पत्रमा नेपालको सबिधानले नागरिकता प्राप्तिमा नरोकेको भएपनि कानूनको अभाबमा नागरिकता प्राप्त गर्न नसकेको जनाईएको छ । प्रतिनिधिसभााको राज्य व्यवस्था तथा शुशासन समितिमा २०७५ भाद्र ५ गते नागरिकता बिधेयक दर्ता भए पनि सत्ताको लडाईमा नागरिकता बिधेयक अघि बढ्न नसेकेको उल्लेख गरिएको छ । पत्रमा दल बिभाजन गर्ने गरी ल्याईएको अध्यादेश तत्काल कार्यन्वयन हुने र नागरिकता सम्बन्धी अध्यादेश रोकिने भन्ने प्रश्न गर्दे आफूहरु कहिले सम्म अनागरिक भएर बस्ने भनि प्रश्न गरेका छन् ।

नागरिकता बिहिनहरुले आफुहरुलाई परेको समस्या उल्लेख गर्दे राष्ट्रपतिलाई पठाएको पत्रमा लेखेका छन् नागरिकता नभएर पढ्न पाईएन, पढेपनि काम गर्न पाईएन , बैदेशीक रोजगारीमा जाने आधार छैन , बैकमा खाता खोल्न सकिएको छैन , आफनो नाम बाट सीमकार्ड समेत निकाल्न नपाएको अबस्था छ ।

पटक पटक सरोकारवला निकायको ध्यानकर्षण गराउदै आन्दोलन धर्ना ,ज्ञापनपत्र बुझाउने काम गरेपनि कतै बाट सुनुवाई भएको गुनासो उनिहरुको रहेको छ ।  राष्ट्रपति लाई पठाएको पत्रको उनिहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय , गृहमन्त्रालय , कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र सबैधानिक परिषद्लाई बोधार्थ दिएका छन् ।