४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

नेप्से परिसूचक १५.४९ अंकले वृद्धि

नेप्से परिसूचक १५.४९ अंकले वृद्धि
symbolic picture
अ+ अ-

काठमाडौँ ।  बिहीवार नेप्से परिसूचक तीब्र उतारचढावका बीच अन्तिम समयमा १५ अंकले बढेर कारोबार बन्द भएको छ ।

बिहीवार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार शेयर बजारमा उतारचढावमा कारोबार हुँदा कारोबार रकम बढेको छ । बुधवारको भन्दा आज कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक भएको छ । विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन् । भने अन्य उपसमूह र निर्जिवन बीमा उपसमूहको सूचकमा गिरावट आएको छ ।

बिहीवार कारोबारमा आएका बुद्धभूमी हाइड्रोपावरको शेयरमूल्य सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्रउत्थान लघुवित्तको ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशतले बढेको छ । तर यता राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशत र बलेफी हाइड्रोपावरको ३.८५ प्रतिशतले घटेको छ ।

बिहीवार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।