११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । विधेयकका सन्दर्भमा सांसद सुरेश आलेमगर, डा विमला राई पौडेल, उदयबहादुर बोहोरा, मोहनबहादुर सुनार, नारायणदत्त मिश्रलगायतले आ–आफ्नो धारणा राख्दै समयानुकूल कानुन निर्माण हुनुपर्ने बताउनुभयो ।

सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा गृहमन्त्री खाणले कारागारमा रहेका बन्दीप्रति पनि राज्य र समाजको दायित्व रहेको बताउनुभयो । उहाँले कारागाराभित्र सहजतापूर्वक जीवन जिउने कसरी बनाउने र जीवनको सदुपयोग कसरी गर्ने भन्नेबारेमा सरकारले सीपयुक्त बनाउने योजना र कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।

कारागारामा घरेलु उत्पादनमा संलग्न भए पनि त्यो पर्याप्त नभएकाले त्यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले सहरका मध्यभागमा रहेका कारागारलाई पर्याप्त ठाउँ भएको स्थानमा स्थानान्तरण गर्ने सोचका साथ सरकारले काम गरिरहेको समेत जानकारी दिनुभयो ।