५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छालासहित दुई जना पक्राउ



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिकास्थित देखतभुलीबाट प्रहरीले चितुवाको छालासहित बुधबार साँझ कुखुरा फार्ममा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र सोही ठाउँका २९ वर्षीय मोहन सार्कीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी पवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले चितुवाको आलो छालासहित पक्राउ गरिएको बताउनुभयो । आठ फिट आठ इन्च लम्बाइ र तीन फिट चौडाइ भएको एउटा छाला तथा सात फिट दुई इन्च लम्बाइ तथा दुई फिट आठ इन्च चौडाइ भएको अर्को छाला गरी दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले छालासहित दुवै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाउने जनाएको छ ।




भर्खरै