२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ: शेखर कोईराला



file
अ+ अ-

वीरगञ्ज । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराउनु भयो ।

नेता कोईरालाले सबैलाई समेटेर हिँड्ने काँग्रेसको सोच रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ । किनकी गठबन्धनमा जाने भनेका छौँ । तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामीहरु छलफल गरिराखेका छौँ । केन्द्रिय समितिमा पनि छलफल भएको छ । केन्द्रिय समितिमा हामीले दुई, तीनवटा कुराहरु राखेका छौँ । गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ । उहाँहरुलाई के लागिराखेको छ भने हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली काँग्रेस ठूलो पार्टी हो । पुरानो पार्टी हो । र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । त्यसकारण हामी सबैलाई समेटेर हिडौँ भन्ने हामीहरुको सोच । तर नेपाली काँग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हामीहरुको सोच ।’

उहाँले नेपाली काँग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोईरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै काँग्रेसको भविष्य उज्वल हुने तर्क गर्नुभयो । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरुमा खुशी छाएको उहाँको भनाई छ ।