५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्री खाण श्रेष्ठलाई भेट्न बुधबार बिहान ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवास पुगेका थिए । भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो’, गृहमन्त्री खाणले भने ।

राष्ट्रियसभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै निर्णयार्थ प्रस्तुत हुँदैछ ।

राष्ट्रियसभाका सदस्य श्रेष्ठले उक्त विधेयकको विरोध गर्दै आएका छन् । सोही सन्दर्भमा उनीसँग गृहमन्त्री खाणले भेट गरेका हुन् ।