२१ मंसिर २०८२, आईतवार
,
Latest
केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ)
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको झण्डीडाँडामा धरहरा निर्माण



अ+ अ-

मङ्गलबारे । इलामको रोङ गाउँपालिकास्थित झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि रोङ–६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको हो ।

तराईबाट छोटो दूरीमा पर्ने करसोङ पदमार्गमा पर्ने झण्डीडाँडा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । झण्डीडाँडाको आकर्षणका लागि गाउँपालिकाले रु १२ लाख रकम विनियोजन गरेर उक्त क्षेत्रको सुन्दरीकरण बढाउने काम गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो ९सुवास०ले जानकारी दिनुभयो ।

उहाँका अनुसार आकर्षणका लागि धरहरासहित डाँडामा जाने सिँढी निर्माण, रेस्ट हाउस, वरिपरि रङ्रोगन तथा रेलिङ निर्माण र फोहोर व्यवस्थापनका लागि डस्बिन राखिएको छ । झण्डीडाँडाको चुचुरोमा आकर्षक धरहरा निर्माण गरिएको हो । सो क्षेत्रको वरिपरिसमेत व्यस्थित गर्ने कार्य गरिएको गाउँपालिकाले जानकारी दिएको छ । डाँडाको चुचुरोमा राखिएको धरहरा १६ फिट अग्लो रहेको छ । नौतले धरहरासहितको रङ्रोगनले अझ सुन्दरता थपिएको छ ।

झापाबाट नजिक पर्ने सो क्षेत्रमा पछिल्लो समय पर्यटकको सङ्ख्या वृद्धि भइरहेको स्थानीयले बताएका छन् । तराईको उत्पातको गर्मी छल्नका लागि झण्डीडाँडामा पर्यटक आउने गरेका हुन् । झण्डीडाँडा सूर्योदय र सूर्यास्थको दृश्यावलोकनका लागि चर्चित बन्दै गएको छ । झण्डीडाँडामा गाउँपालिकाले पूर्वाधारका निर्माणको काम गरिरहेको छ ।

विशेष गरेर झण्डीडाँडादेखि मुनि रहेको सलकपुर सुन्तला फलेकै कारण चर्चामा छ । सुन्तला खान र लैजानका लागि छिमेकी देश भारतबाट सिजनमा हजारौँ पर्यटक आउने गरेका छन् । त्यस्तै सँगै रहेको पाथीभरा मन्दिर, करसोङ पदमार्ग, हरियाली अनेकौँ जातजातिका वनस्पतिका कारण पनि सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

हाँसपोखरीबाट सुरु हुने पदमार्गको बीचमा पर्ने गुगलडाँडा, झण्डीडाँडा, सलकपुर हुँदै झापाको बाहुनगाँडी जोडिने भएकाले पनि यहाँ धेरै पर्यटक आउने गरेका छन् । दुई जिल्लाका पर्यटक मात्र नभएर सो क्षेत्रमा नजिकै रहेको भारतबाट समेत उत्तिकै पर्यटक आइरहेका छन् । बर्खाको सिजन भए पनि यसबेला पनि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।

पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि बस्नका लागि होमस्टे निर्माण भइरहेका छन् । यस क्षेत्रमा दर्जनको सङ्ख्यामा बास बस्ने होमस्टे सञ्चालित छन् । पछिल्लो समय गाउँपालिकाले समेत यसको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । पर्यटकले स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूलसमेत लैजाने भएकाले सो क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुँदै गएको छ ।