११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

मंकीपक्स भारतमा देखिइसक्यो, सरकार निद्रामा छः भट्टराई (भिडियोसहित)

मंकीपक्स भारतमा देखिइसक्यो, सरकार निद्रामा छः भट्टराई (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनु भयो ।

सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपग्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताउनु भयो । उहाँले जनस्वास्थ्यको कुरामा सरकार निन्द्रको अवस्थामा रहनु दुःखद् भएको बताउनु भयो । सांसद भट्टराईले मंकीपग्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताउनु भयो । उहाँले छिमेकी देश भारतमा ४ जनामा मंकीपग्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ । हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन । सरकार मौन बसिरहेको छ । सरकार निन्द्रको अवस्थामा छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ । तर हाम्रा सीमानाहरुमा एउटा पनि साइनबोर्ड राखिएको छैन ।

विमानस्थलहरुमा यसबारेमा कुनै सचेतना दिइएको छैन । सञ्चारमाध्यमहरुबाट सरकारले कुनै विज्ञापन, सूचनाहरु सार्वजनिक गरेको छैन । खुला सीमाना छ । भारतमा यस ४ वटा केसहरु देखिसकेका छन् । हामी पनि यसबाट धेरै टाढा छैनौँ । यसको भयानक अवस्थाबाट हामी टाढा छैन । यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व शतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु । सीमानमा कडाइ गर्नुपर्छ, सचेतनता फैलाउनुपर्छ । परीक्षण केन्द्र राख्नुपर्छ ।’

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताउनु भयो । उहाँले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।