• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई पाखा लगाउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा

धरानका प्रमुख साम्पाङसहितले गाएको गीत सार्वजनिक



धरान । धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राई (साम्पाङ)सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ । सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गर्नुभएको छ ।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका प्रमुख हर्क साम्पाङले पनि स्वर दिनुभएको छ । गीतमा मनोज मोतेले सङ्गीत भर्नुभएको छ । धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो ।

कार्यक्रममा धरान–८ स्थित अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसी चिया धरान पनि नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरिएको थियो । हलुवाइले धरानमा पदयात्रा संस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउँदै आउनु भएको छ । स्वास्थ्यका लागि हिँडौँ भनेर उहाँले प्रत्येक शनिबार नयाँ नयाँ ठाउँमा समूह बनाएर पदयात्रा गर्दै आउनुभएको छ । हलुवाइको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको सङ्ख्या ठूलो छ । पदयात्राको अगुवाइ गरिएकाले यहाँ उहाँ ‘हाइकिङ बाबा’को नामले पनि परिचित हुनुहुन्छ । उनै हलवाइले रचना गरेको हाइकिङ गीत सोमबार सार्वजनिक गरिएको हो ।