३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चन अभिनित ‘उचाईं’ को प्रदर्शन नोभेम्बर ११ मा हुने



अ+ अ-

बलिउडका अभिनेता अमिताभ बच्चनले अभिनय गरेको हिन्दी कथानक पारिवारिक मनोरंजनात्मक चलचित्र ‘उचाईं’ आगामी नोभेम्बर ११ (कार्तिक २५ गते) मा रिलिज हुने समाचार एजेन्सी एएनआईले जनाएको छ । यो चलचित्रको छायाँकन नेपालमा पनि भएको थियो ।

यो चलचित्रको निर्देशन सूरज बर्जात्यले गरेका हुन् । राजश्री प्रोडक्सनले यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, सारिका, परिनिती चोपरा लगायतका कलाकारले अभिनय गरेका र चलचित्र निकै उत्कृष्ट बनेको जनाएको छ । यसमा वरिष्ट कलाकार डेनी डेन्जोङ्पा पनि छन् ।

यो चलचित्र सन् २०२१ को अक्टोबरमा नेपालबाट छायाँकन शुरु गरिएको थियो । सन् २०२२ को अप्रिलमा अनुपम खेरले इन्स्टाग्राममा चलचित्र निर्माण पूरा भएको बताएका थिए ।

सूरज बर्जात्यले यसअघि सन् २०१५ मा निकै लोकप्रिय चलचित्र ‘प्रेम रतन धन पायो’ को निर्देशन गरेका थिए जसमा सल्मान खान, सोनम कपूर र अनुपम खेरको मुख्य भूमिका थियो ।