५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न आग्रह



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ ।

विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । “विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा गरी ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ”, नगर प्रमुख पदम बोगटीले भन्नुभयो, “विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउन सम्बन्धित पक्षसँग सहजीकरणका लागि अगाडि बढाइरहेका छौँ ।”

उक्त जग्गा विमानस्थलका नाममा रहनेगरी आवश्यक सहयोग र सहजीकरणका लागि संस्कृृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत ध्यानाकृष्ट गरिएको उहाँले बताउनुभयो । विसं २०३६ देखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाका कारण देखाउँदै विसं २०५६ देखि बन्द रहेको छ ।

पश्चिमी प्रवेशद्वार भारतको राजधानी नयाँ दिल्लीबाट ३०० किलोमिटरको दुरी र भारतको औद्योगिक नगर रुद्रपुरबाट १५० किलोमिटरको दुरीमा विमानस्थल पर्दछ । विमानस्थल निर्माण भएमा भारतीय पर्यटकलाई तान्न सकिने नगर प्रमुख बोगटीको भनाइ छ ।

यसअघि विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच त्रिपक्षीय सम्झौता गरिएको थियो । मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा–चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरिएको थियो ।

विमानस्थल निर्माणका लागि कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग तीन वर्षमा विमानस्थलको निर्माणका कार्य पूरा गर्नका लागि रु ४५ करोड ६६ लाख ७१५ मा ठेक्का सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

हाल विमानस्थलमा रहेको एक हजार मिटर र राष्ट्रिय निकुञ्जसँगैको रत्न बाटिका र नेपाली सेनाको खेल मैदान रहेको ६६२ मिटर गरी एक हजार ६६२ मिटरमा धावनमार्ग निर्माण गरिने योजना रहेको छ ।




भर्खरै