२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा थपिए एक हजार ९११ नयाँ उद्योग



अ+ अ-

जनकपुरधाम । धनुषामा आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो सङ्ख्या गत आव ०७६/०७७ को भन्दा बढी हो ।

यस्तै आव ०७८/०७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । योसँगै धनुषामा घरेलु तथा साना उद्योगको सङ्ख्या करिब २१ हजार पुगेको र वाणिज्यतर्फको सङ्खया करिब ३३ हजार पुगेको कार्यालयका प्रमुख देवकान्त झाले जानकारी दिनुभयो ।

यसअघि गत आव ०७७/०७८ मा उद्योगतर्फ एक हजार ८०४ र वाणिज्यतर्फ दुई हजार ६११ दर्ता भएको थियो । यसबाट रु दुई करोड ३८ लाख २० हजार ६०० राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव ०७८/०७९ मा उद्योगतर्फ ६६ वटा र वाणिज्यतर्फका ११९ वटा घरेलु तथा साना उद्योगको लागत कट्टा गरिएको छ भने उद्योगतर्फ ५९८ वटा र वाणिज्यतर्फ एक हजार २५९ वटाको नवीकरण गरिएको सो कार्यालयले जनाएको छ । आव ०७८/०७९ मा नयाँ उद्योग दर्तापश्चात् धनुषामा १० हजार ४८९ पुरुष र ७९ महिला गरी १० हजार ५६८ ले रोजगारी पाएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योमा सहजरुपले ऋण लगानी गर्न थालेका पछि कृषि तथा वन्यजन्य उद्योग खुल्ने क्रम बढेसँगै घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको उहाँको भनाइ छ ।