२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा भारतीय राष्ट्रपति मुर्मू विश्वस्त



भारतकी नवनिर्वाचित राष्ट्रपति द्राैपदी मुर्मु
अ+ अ-

काठमाडौं । छिमेकी राष्ट्र भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिनुभएको बधाई सन्देशको प्रतिउत्तरमा उहाँले आफू नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त रहेको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बिहीवार राति ट्वीटरमार्फत बधाई दिनुभएको थियो ।