१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘बिजुली व्यापारका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण पूर्वाधारमा लगानी बढाऔं’

‘बिजुली व्यापारका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण पूर्वाधारमा लगानी बढाऔं’
अ अ+ अ-

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।

गत जेठदेखि नेपालले भारतमा दैनिक ३६४ मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भमा प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा सरोकार भएका व्यक्ति वा निकायले जोड दिएका छन् । हाल नेपाल र भारत जोड्ने ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै सञ्चालनमा छ । सो प्रसारण लाइनको क्षमता ४०० केभीको हो । अन्य प्रसारण लाइन पनि सञ्चालनमा छन् तर, ती प्रसारण लाइनको क्षमता २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी क्षमताका मात्रै छन् ।

सरकारले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको क्रममा छ । सो प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपालको व्यापार घाटा कम गर्नका लागि पनि ऊर्जाको व्यापार प्रमुख आधारका रुपमा स्थापित भएको छ । हाल दैनिक रु १२ करोड बराबरको बिजुली भारत निर्यात भइरहेको छ । गत वर्ष ३९ मेगावाटबाट सुुरु भएको बिजुली व्यापार यस वर्ष ३६४ मेगावाट बिजुली निर्यात भइरहेको छ । आगामी दिनमा बिजुली निर्यातका लागि थप मार्गप्रशस्त गर्ने तयारी भइरहेको छ ।

यसैक्रममा नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेको छ । नेपालमा स्रोत भएको र दक्षिण एशियामा स्वच्छ ऊर्जा मात्र भएकाले पनि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको हो । आज यहाँ आयोजित अन्तरदेशीय विद्युत् व्यापार विषयक कार्यक्रमका सहभागीले नेपालको आर्थिक समृद्धि, रोजगारीको वृद्धिका लागि पनि अन्तरदेशीय प्रसारण लाइनका अलावा देशभित्र लगानीको विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

विशेष गरी वर्षायाममा भारत, बङ्गलादेशलगायतका देशमा बिजुलीको बढी माग हुने र सोही समयमा यहाँ बिजुलीको उत्पादन पनि बढी हुने भएकाले व्यापारका लागि सहज देखिएको छ । त्यसका लागि पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण नै जरुरी रहेको उहाँहरुको भनाइ छ ।

नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले नेपालको जलविद्युत्मा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि बहुपक्षीय र दिपक्षीय रुपमा लगानी भित्र्याएर विद्युत् व्यापारका लागि मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले त्यसका लागि नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढाउनैपर्ने धारणा राख्नुभयो ।

युएसआइडीका डेपुटी मिशन डाइरेक्टर वेथ होगेनले दक्षिण एशियाले आर्थिक विकासमा फड्को मारिरहेको अवस्थामा ऊर्जा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले ऊर्जाको सहज व्यापारका लागि पनि अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले आन्तरिक रुपमा खपत गरी कूल ४० प्रतिशत बराबरको ऊर्जा निर्यात गर्नसक्ने अवस्था देखिएको जानकारी दिनुभयो । उहाँले त्यसबाट नेपालले आर्थिक विकासमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपालले गरिरहेको बिजुली निर्यातले पनि ठूलो उपलब्धिको सम्भावना देखाएको उहाँको भनाइ छ ।

भारतको इनर्जी सेक्युरिटी कन्फेडेरेशन अफ इण्डियन इन्डस्ट्रिका निर्देशक भूपेन्द्रकुमार सिंहले आर्थिक समृद्धिमा मात्रै नभई दक्षिण एशियाली मुलुकमा व्यापारित तथा सामाजिक लाभ एवं रोजगारी सिर्जना, जलवाय्ु परिवर्तनको समस्या न्यूनीकरणका लागि पनि ऊर्जाको निर्यातले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

विगतमा नेपालले बिजुली आयात गर्ने गरेकामा हाल निर्यात गर्ने अवस्थामा पुगेको भन्दै उहाँले सरकार– सरकार स्तरमा, व्यवसायी– व्यवसायीका बीचमा वा अन्य कुनै उपयुक्त ढाँचामा बिक्रीको वातावरण थप विस्तार गर्नुपर्ने बताउनुभयो ।

सारीका परियोजना निर्देशक पङ्कज भात्राले नेपाल भुटान, बंगलादेश, श्रीलंका र भारतमा ऊर्जा क्षेत्रका आ–आफ्ना विशेषता रहेको भन्दै त्यसैलाई ऊर्जा मिश्रणको प्रक्रियामा अगाडि बढाउन आग्रह गर्नुभयो ।

नेपाल इनर्जी फाउण्डेशनका उपाध्यक्ष शेरसिंह भाटले ऊर्जा व्यापारमा नेपालले उल्लेखनीय रुपमा फड्को मार्न सक्ने सम्भावना औँल्याउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले दिगो विकास गर्ने लक्ष्यका साथ सरकारले ऊर्जा क्षेत्रमा योजनाबद्ध विकासका लागि प्रयास गरिरहेको बताउनुभयो । उहाँले सरकारी र निजी क्षेत्रमार्फत नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानी विस्तार भइरहेको र सरकार थप सहजीकरणका लागि प्रयासरत रहेको जानकारी दिनुभयो ।

उहाँले बिजुलीको आन्तरिक खपत बढाउँदै बढी भएको बिजुली निर्यातका लागि नेपालले भारत र बंगलादेश उपयुक्त गन्तव्य रहेको तथा आपसी लाभका आधारमा ऊर्जा व्यापार गर्न सकिने धारणा राख्नुभयो ।

जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले बिजुलीको व्यापारका लागि आन्तरिक एवं बाह्य पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले ढल्केबर मुजफ्फरपुर जस्तै उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको विकासका लागि लगानी केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ कर्णले नेपालले सुक्खायाममा नेपालले बिजुली आयात गरिरहेको भए पनि पछिल्ला दिनमा निर्यातसमेत सुरु गरेको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक खपतको विस्तार गर्दै बढी भएको बिजुली अन्तरदेशीय व्यापारका समेत अग्रसर भएको बताउनुभयो ।