२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५.८७ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अङ्कले ओरालो लागर दुई हजार ४४.७२ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अङ्कले ओरालो लागेर ३९१.६४ मा ओर्लिएको छ । कूल २२५ कम्पनीको ३९ लाख आठ हजार ३९५ कित्ता शेयर रु एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ, भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २.२९ र अन्य उपसमूहको शेयर १६.५५ अङ्कले उकालो लागेको छ । व्यापार ३२.६, होटल तथा पर्यटन २०.६३, विकास बैंक ३४.९२, जलविद्युत् १४.२८, वित्त १५.०४, निर्जीवन बीमा ६४.३२, उत्पादन १३.२६, लघुवित्त २१.९८, जीवन बीमा १५०.३४, सामूहकि लगानी कोष ०.०७ र लगानी ०.७२ अङ्कले ओरालो लागे ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १९ अर्ब ७४ करोड १२ लाख २० हजार ६७१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८० लाख बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु ११ करोड २२ लाख ६२ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु छ करोड २८ लाख २४ हजार ६३६, हिमालयन डिस्टिलरी रु छ करोड दुई लाख ४९ हजार ७७० र नेपाल एसबीआई बैंक रु चार करोड १२ लाख पाँच हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी ३.१६, जनउत्थान सामुदायिक लघुवित्त २.७४, ग्लोबल आइएमबई बैंकको ऋणपत्र २.७२, नेशनल माइक्रोफाइनान्स २.५७ र गुराँस लघुवित्तका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, आइसीएफसी फाइनान्सको ऋणपत्र ६.७१, किसान लघुवित्त ५.३५, साधाना लघुवित्त ४.४५, सामुदायिक लघुवित्त ३.८३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले ३.७२ प्रतिशतले गुमाएका छन् ।