३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बाँकेमा चोरी पैठारीको छ करोडको सामान बरामद

बाँकेमा चोरी पैठारीको छ करोडको सामान बरामद
अ+ अ-

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक वर्षको अवधिमा झण्डै रु छ करोड बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ ।

खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालयले रु पाँच करोड ९० लाख ५४ हजार बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकरी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा रु दुई करोड ५० लाखको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी गर्ने ५३ जना पक्राउसमेत परेको प्रहरीले जनाएको छ । “खुल्ला सीमा क्षेत्र धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ, त्यसैले पनि प्रहरीले त्यस्ता ठाउँमा निगरानी बढाएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो । चालु विभिन्न मुद्दामा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या पनि अघिल्लो वर्षभन्दा झण्डै दोब्बर छ ।

गएको आर्थिक वर्षमा एक हजार ३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा प्रहरीले चार किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक वर्षभन्दा बढेको छ । आव २०७८/७९ मा एक हजार १५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागुऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने सङ्ख्या केही घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकामा गत वर्ष ११२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।