३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतमा राष्ट्रपति पदका लागि मतदान सुरु

भारतमा राष्ट्रपति पदका लागि मतदान सुरु
अ+ अ-

नयाँ दिल्ली । भारतमा आज देशको भावी राष्ट्रपतिको निर्वाचन हुँदैछ, जसका लागि विभिन्न राज्यको संसद् र विधानसभामा मतदान भइरहेको छ ।

झारखण्डका पूर्व गभर्नर द्रौपदी मुर्मु सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बाट चुनावमा उम्मेदवार छिन्। विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवन्त सिन्हालाई उम्मेदवार बनाएको छ ।

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारुढ दलको अग्रता रहेको छ । यस चुनावमा पनि धेरै विपक्षी दलहरूले द्रौपदी मुर्मुलाई समर्थन गर्ने घोषणा गरिसकेकाले उनले सहजै दुई तिहाइ मत प्राप्त गर्ने बताइएको छ ।

संसदको दुवै सदन, राज्य विधान सभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र शासित प्रदेश पुडुचेरीका निर्वाचित सदस्यहरूले राष्ट्रपति चुनावमा मतदान गर्नेछन्।

देशको १५ औँ राष्ट्रपतीय निर्वाचनको नतिजा जुलाई २१ अर्थात यही साउन ५ गते बिहीबार घोषणा हुँदैछ ।

यदि द्रौपदी मुर्मु राष्ट्रपति बनिन् भने उनी देशको पहिलो आदिवासी राष्ट्रपति हुनेछिन् । साथै, उनी देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको पनि निर्वाचन हुनेछ । उपराष्ट्रपति पदका लागि अगस्ट ६ अर्थात साउन २१ गते मतदान हुनेछ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि एनडीएले पश्चिम बंगालका गभर्नर जगदीप धनखरलाई उम्मेदवार बनाएको छ भने विपक्षी उम्मेदवार मार्गरेट अल्वा रहेकी छन् ।

को हुन् द्रौपदी मुर्मु ?

द्रौपदी मुर्मुको जन्म २० जुन १९५८ मा ओडिशाको मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा भएको थियो। उनी आदिवासी संथाल परिवारबाट आएकी हुन् । उनको बुबाको नाम बिरांची नारायण टुडु थियो। मुर्मुका हजुरबुवा पञ्चायती राज प्रणालीमा गाउँका सरपञ्च हुनुहुन्थ्यो। द्रौपदी मुर्मुले श्यामचरण मुर्मुसँग विवाह गरिन् । तिनीहरूका तीन छोराछोरी थिए (दुई छोरा र एक छोरी), जसमध्ये एक छोरी मात्र जीवित छिन् । मुर्मुका श्रीमान् र दुई छोरा यो संसारमा छैनन् ।

द्रौपदी मुर्मु आदिवासी समुदायकी हुन् । झारखण्डको नवौँ गभर्नर मुर्मु ओडिशाको रैरङपुरबाट विधायक थिइन्। ६४ वर्षीय मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बन्नेसम्मको यात्रा निकै कठिन भएको छ । विशेषगरी, जब यो व्यक्तिगत जीवनमा आउँछ, उनले आफ्ना दुई छोरा र श्रीमान गुमाएकी छिन्।

युवावस्थामा विधवा भएर दुई छोरा गुमाएकी द्रौपदी मुर्मले जीवनमा निकै संघर्ष गरेको देखेकी छिन् । श्रीमान् र छोराको मृत्युपछि उनले छोरी इतिश्रीलाई एक्लै हुर्काएकी थिइन् । यति मात्र होइन उनले छोरीको विवाह एक्लै गरिदिइन् । उनकी छोरी इतिश्रीको विवाह गणेश हेम्ब्रमसँग भएको छ ।

सिँचाइ विभागमा क्लर्कको जागिर

उनले भुवनेश्वरको रमादेवी महिला कलेजबाट कलामा स्नातक गरेकी छन्। त्यसपछि उनले ओडिशा सरकारको सिँचाइ र विद्युत विभागमा कनिष्ठ सहायकको रूपमा जागिर पाइन् । जागिरसँगै उनले रैरङपुरको श्री अरविन्दो इन्टिग्रल एजुकेशन सेन्टरमा मानार्थ सहायक शिक्षकको रूपमा पनि काम गरिन्।

यसरी सुरु भयो राजनीतिक जीवन

द्रौपदी मुर्मुले सन् १९९७ मा ओडिशाको रैरङगपुर नगर पञ्चायतमा पार्षद्को चुनाव लडेकी थिइन्। यसरी उनको राजनीतिक जीवन सुरु भयो। यसपछि सन् २००० मा उनी पहिलो पटक रैरङपुरबाट विधायक बनेकी थिइन् । पछि उनले २००२ र २००४ बीचको भाजपा–बीजेडी सरकारमा मन्त्री बन्ने मौका पाइन्।

२०१५ मा झारखण्डका गभर्नर

द्रौपदी मुर्मु १८ मे २०१५ मा झारखण्डको नवौँ गभर्नर बनिन्। उनी जुलाई १२, २०२१ सम्म यो पदमा रहिन्। यदि मुर्मु राष्ट्रपति बनिन् भने उनी अनुसूचित जनजाति (एसटी) बाट देशको पहिलो महिला राष्ट्रपति हुनेछन्।

विभिन्न एजेन्सीबाट