१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस हारेर स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेसँगै नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो ।

सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्न लागेको हो । यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

सिरिज अन्तर्गत नेपालले नामिबियासँग भने दुबै खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

यता, स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।

१९ खेलमा १७ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ भने २३ खेलमा ३२ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।