३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चीनविरोधी गतिविधि बढेकामा लिउको असन्तुष्टि

चीनविरोधी गतिविधि बढेकामा लिउको असन्तुष्टि
अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालमा चीनविरोधी गतिविधि बढेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा मंगलबार भएको भेटमा उहाँले पछिल्लो पटक नेपालमा भइरहेका चीन विरोधी गतिविधिबारे ओलीसँग जिज्ञासा राख्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

जवाफमा अध्यक्ष ओलीले नेपाली भूमि कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने विषयमा लिउलाई आश्वस्त पार्नुभएको थियो ।

बैठकपछि एमाले नेता राजन भट्टराईले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला अहिले नेपालमा भएजस्ता चीनविरोधी गतिविधिहरु नभएको स्पष्ट पार्नुभएको बताउनुभयो ।

भेटमा लिउले नेपालको एक चीन नीतिका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो । एमाले अध्यक्ष ओलीले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहेको भन्दै आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संकेत गर्दै नेपाल र चीनबीच भएका सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

झन्डै चार घण्टासम्म भएको भेटवार्तामा दुई नेताबीच दुई कम्युनिस्ट पार्टीको सम्बन्धलाई सुदृढ र बलियो बनाउनेबारे छलफल भएको नेता भट्टराईले बताउनुभयो ।

दुई नेताबीचको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनबारे चासो राखेको बताइएको छ ।

विदेश विभाग प्रमुख लिउले सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्ने कार्यक्रम छ ।