२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई खाना पस्किन व्यस्त चिनियाँ नेता लिउ



अ+ अ-

काठमाडौँ । नेपालको भ्रमणमा रहनुभएका चिनियाँ कम्युष्टि पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले विद्यार्थीहरुलाई खाना पस्किएर खुवाउनुभएको छ । काठमाडौँ दरबार छेउको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा पुगेर उहाँले विद्यार्थीहरुलाई खाना पस्किनुभएको हो ।

उच्च तहको भेटघाटमा व्यस्त लिउ नेपाल भ्रमणको दोस्रो दिन भ्रमण टोलीका केही सदस्यसहित विद्यालय पुग्नुभएको थियो । लिउसँगै त्यहाँ पुग्नुभएकी ऊर्जामन्त्री पम्फा भुसालले ‘लन्च सेरेमोनी अफ नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कक्षा कोठामा दाल, भात र तरकारी पाक्दै गर्दा बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा लिउले चिनियाँ बालबालिका र नेपाली बालबालिकालाई साथी बनाउने इच्छा रहेको बताउनुभयो । लगत्तै हातमा पन्जा लगाएर पाकिरहेको दाल, भात र तरकारी पस्किनुभयो ।

ऊर्जामन्त्री भुसालले सो कार्यक्रमबारे ट्विट गर्दै काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गरेको बताउनुभएको छ ।

उहाँले नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख ज्लिउ जियानचाओको नेपाल बसाइ सुखद् रहोस भनी शुभकामना दिनुभएको छ ।