३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालबाट भारतमा सिमेन्ट निर्यात

नेपालबाट भारतमा सिमेन्ट निर्यात
अ+ अ-

काठमाडौं । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले शुक्रबार एक समारोह गर्दै ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो । आरएमसी समुहका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल का अनुुसार, “हामीले परीक्षणको रुपमा भारतको गोरखपुरमा तीन ट्रक सिमेन्ट निकासी गरेका छौं । सरकारको निति कुरेर बसेनौ सरकारको छुट आँउदै गर्छ । निकासी शुरु गरेर विदेशी संचिति बढाउँ भन्नेतर्फ लाग्यौं ।”

यो उद्योगले १५ दिन अघि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) पाएको थियो । आरएमसी समुहको विरगंजमा रहेको आरएमसी सिमेन्टले चार वर्षअघि भारतमा केही ट्रक सिमेन्ट निकासी गरेको थियो । सिमेन्टमा ९० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि हुने भएकोले निकासी बाट पनि अधिकतम लाभ हुन्छ ।

सरकारले बजेटमार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि विभिन्न उद्योगले भारतिय बजार हेरिरहेका थिए । अरु उद्योगले अध्ययन गरिरहेका बेला पाल्पाले भने निकासी गरेर बाटो खोलेको हो ।

हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग संचालनमा छन् । तिमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।सरकारले २०७२ को भुकम्पपछि पुननिर्माणको कामलाई तिब्रता दिने क्रममा बिभिन्न भौतिक संरचना पूननिर्माण गर्ने गतिसँगै सिमेन्ट उद्योगहरुले आफ्नो क्षमता बढाएर मागको बृद्धिलाई सम्बोधन गर्ने कोशिस गरे ।

बजारमा एकातिर नयाँ लगानीकर्ता आए भने अर्कोतिर उद्योगले आफ्नो क्षमता बढाए तर पूननिर्माणको काम सकिएपछि ठूला आयोजनाले गति लिन नसकेको र चलिरहेको आयोजना पनि सुस्त हुनुको साथै निजि उपयोगमा पनि कमि आएपछि सिमेन्ट उत्पादकहरु निरन्तर घाटामा परेर आफ्नो औधोगिक अस्तित्व खतरामा परिरहेको अबस्थामा नेपालको सिमेन्ट दिर्घकालीन अर्थतन्त्रलाई फाईदा पु–याउने गरी उत्पादन होस् भन्ने चाहान्छन् उद्योगी ।

करिब पाँच साल पहिला स्थापित पाल्पा सिमेन्ट ३ साल अघिदेखि आफ्नो उत्पादन शुरु गरेको हो । उत्पादन शुरु गरेर बजारमा जानासाथ विश्वब्यापी कोरोनाको लहरले समग्र अर्थतन्त्र नै सुस्त रहेको अबस्थामा पाल्पा जिल्लाको माथगढी ७ रहबासमा आफ्नैं चुनढुङ्गा खानी रहेको यस उद्योगले हरेक समस्याका बाबजुद गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै बजारमा उल्लेख्य उपस्थिति राख्न सफल भयो ।

विभिन्न समस्या जस्तैं विद्युत, कच्चा पदार्थ, अल्पकालिन नितिनियम, आर्थिक, दक्ष प्रबिधिको अभाव अप्रत्यक्ष कर र रोयल्टी, उच्च उत्पादन लागत आदिका बाबजुद नेपाली सिमेन्टले आफ्नै देशको चुनढुङ्गा प्रयोग गरेर गुणस्तरमा रत्तिभर सम्झौंता नगरी जुन किसिमले निर्यात अबस्थामा आएको छ ।

यसले केवल नेपाली सिमेन्ट मात्र नभई समग्र अर्थनन्त्र लाई नै क्रियासिल बनाउदै नेपाली उत्पादन पनि अन्तराट्रिय बजारमा निर्यातयोग्य छन् भन्ने सन्देस जान्छ यसैगरी सिमेन्टको सम्भाब्यतालाई मात्रै पनि सदुपयोग गरीयो भने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्न रोजगारी सृजना गर्न र विकासलाई गति दिन एवं निर्यातयोग्य बस्तुहरुको लामो खडेरी अन्त गर्न सक्छ भन्ने यस कम्पनीको विश्वास रहेको छ ।