१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणी आरोपमा नेकपा एसका युवा नेता पक्राउ



अ+ अ-

काठमाडौं । जबरजस्ती करणी मुद्दामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली पक्राउ परेका छन् ।

प्रेमिकासँग थुप्रै रात बिताएको तर विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि शुक्रबार उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट पक्राउ गरेको हो ।

विहीबार राति उनी प्रेमिकासहित उक्त होटलमा पुगेका थिए । युवतीले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ । २० वर्षभन्दा माथिकी युवतीले जाहेरी दिएकी हुन् । पक्राउ परेका नेपाली एकीकृत समाजवादीको धादिङ जिल्ला कमिटीका सदस्य समेत रहेका छन् ।