२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरस्कार राशिलाई डबल गरी बसन्त चौधरीद्वारा स्रष्टा परिवारलाई प्रदान



अ+ अ-

काठमाडौं । चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको ‘नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले पाएको सो अवार्ड ईश्वरबल्लभको परिवारकै लागि समर्पण गरेका हुन् ।

थापाथलीस्थित स्वर्गीय कवि ईश्वर बल्लभको निवासमा पुगेर साहित्यकार चौधरीले बल्लभ परिवारजनलाई आफूले पाएको पुरस्कार राशिमा त्यति नै रकम थपेर प्रदान गरेका हुन् । चौधरीले ईश्वर बल्लभकी पत्नी कमला भट्टराईलाई भेटेर रु. २ लाखको चेक प्रदान गरेका थिए ।

चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा नई प्रकाशनले पुरस्कार स्थापना गरी वितरण गर्न थालेको थियो । नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईको समेत उपस्थितिमा चौधरी स्व. ईश्वर बल्लभकै घर पुगेर आफूले पाएको पुरस्कार राशिमा थपेर कवि परिवारलाई सहयोग प्रदान गरेका थिए ।

सो क्रममा स्व. कवि ईश्वर बल्लभले नेपाली कविता तथा साहित्यिक पत्रकारितामा पुर्याउनुभएको योगदानको समेत चर्चा गरिएको थियो ।
स्व. कविकी पत्नी कमला भट्टराईले बसन्त चौधरीको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने बसन्त चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेका सो क्रममा बताए । ‘उहाँको एक्लो प्रयासले संचालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सो अवार्ड दिइएको थियो।’ प्रसाईले भने–‘उहाँले आफूले पाएको अवार्ड जसको नाममा स्थापना भएको उसकै परिवारलाई थप योगदानसहित समर्पण गर्ने अर्को राम्रो काम गर्नुभएको छ ।’

बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् ।

उनका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बम समेत प्रकाशन भइसकेका छन् । उनले दर्जनौं कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरिसकेका छन् । हालै उनले ‘तिमीबिनाको म’ नामको नेपाली भाषाको कविता संग्रह र ‘अनेक पल और मैं’ नामको हिन्दी कविता संग्रह प्रकाशन गरेका छन् ।