३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी

स्वस्तिमाले तुलसालयका बालबालिकासँग यसरी मनाइन जन्मदिन (फोटो / भिडियो सहित)

स्वस्तिमाले तुलसालयका बालबालिकासँग यसरी मनाइन जन्मदिन (फोटो / भिडियो सहित)
अ+ अ-

काठमाडौं । स्वस्तिमा खड्का नेपालमा स्थापित कलाकार हुन् । नेपाली दर्शकमाझ् सुपरिचित् नायिका खड्का जब भक्तपुरको चाँगुनारायण-४ स्थित तुलसालय आश्रममा पुगिन् आश्रममा रहेका साना साना नानीबाबूहरु खुसी भए । बालबालिकाको नजिक उनी जाँदै गर्दा उनका साथमा पुगेका एकजनाले अनाथ बालबालिकालाई सोधे-तिमीहरु उहाँलाई चिँछौँ ?आश्रममा रहेका २६ जनामध्ये प्रायः सबैले जवाफ दिए-चिन्छौँ ।

कहाँ देखेको ? उनले अर्को प्रश्न गरे । नानीबाबूहरुको जवाफ आयो- टिभीमा, फिल्ममा । अनि उनले अर्को प्रश्न सोधे-उहाँले नाचेको कुन गीत याद छ तिमीहरुलाई रु उनीहरुले भन्दै गए कुटुमा कुटु, तालि बजाउ आदि आदि ।

निकै भावुक भइन् स्वस्तिमा । आज नायिका स्वस्तिमाको जन्म दिन । तुलसालय आश्रमका बालबालिकासँग केक काटेर जन्म दिन मनाउन उनी त्यहाँ गएकी रहीछन् । उनले भनिन्- आज मेरो बर्थ डे, तिमीहरुसँगै जन्म दिन मनाउन आएको नि ।

अनि नानीबाबूहरुले भन्न थाले- ह्याप्पी बर्थडे टुयु….

त्यसपछि उनका सहयोगीले केक झिके र टेबलमा राखे । निकै खुशी भए नानीबाबूहरु । साना नानीबाबूहरुलाई केक भनेपछि के चाहियो रु सबैको आँखा केकतिरै । अनि जब ती सबै बालबालिका मिलेर सामूहिक रुपमा केक काट्ने काम सुरु भयो, निकै भावुक बनिन् उनी ।

तुलसालय आश्रममा गत शनिबारमात्र ६ महिनाकी नानी स्तुतिको पास्नी भएको थियो । जम्न दिएको पाँच मिनेटमै आमा गुमाएकी स्तुतिलाई उनी २० दिनकी भएपछि यही आश्रमले ल्याएर लालनपालन गरिरहेको छ ।

पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा पौडेल, पूर्व सचिव भिम उपाध्याय भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, भक्तपुरका एसपी शिवकुमार श्रेष्ठ, प्राध्यापक राधा शर्मा, साहित्यकारहरु प्रमोद प्रधान, गीता कार्की, पूर्व सूचना आयुक्त यशोदा तिम्सिना, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानियाँ दम्पत्ति, आश्रमका बालबालिकालाई पढ्ने विद्यालय आशा शिक्षा सदनकी प्रिन्सिपल मालिका प्रसाईँ, संगीतकार तथा गीतकार दीपक पाठक, ललितपुर भैँसेपाटीका समाजसेवी राजकुमार थापा, आदि स्तुतिको पास्नीमा सहभागी भएका थिए ।स्तुतिलाई हातमा लिइन् र तस्बिर खिचाइन् । त्यसबेला पनि निकै भावुक भइन् स्वस्तिमा ।

यसरी अनाथ आश्रममा पुगेर आफ्नो जन्म दिन मनाउने नायिका स्वस्तिमालाई तुलसालयकी अध्यक्ष सरु सुवेदीले विशेष धन्यवाद दिँदै जन्म दिनको शुभकामना व्यक्त गरिन् ।