२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’बारे रोचक तथ्यहरु



अ+ अ-

एजेन्सी । तपाईले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाबारे धेरैथोरै सुन्नुभएको होला । दुबईमा रहेको यो भवन अहिलेसम्म मानव निर्मीत संरचनामध्ये सबैभन्दा अग्लो भवन हो ।

यो भवन बन्नुभन्दा पहिले कसैले कल्पना पनि गरेका थिएनन् कि यति अग्लो भवन संसारमा निर्माण हुनेछ । यस भवनलाई निर्माण गर्न १२ हजार कामदारहरुले दिनरात मिहिनेत गरेका थिए । यस भवन निर्माणमा आवश्यक पर्ने कैंयौं मेशिन तथा क्रेनहरु छुट्टै निर्माण गर्नुपरेको थियो । यसको उचाई करीब ८३० मिटर अग्लो रहेको छ भने यसमा १६३ तला रहेका छन् ।

सन् २००४ जनवरी ६ मा दुबईको प्रोपर्टी डेभ्लपर (इएमएएआर)ले बुर्ज खलिफाको डिजाइनको जिम्मा अमेरिकाका आर्किटेक्चरहरु स्किडमोर ओइंग्स र मेरिललाई दिएका थिए । यसका साथै अर्का आर्किटेक्चर एड्रियन स्मिथलाई पनि यसको डिजाइन निर्माण गर्ने श्रेय दिइन्छ । बुर्ज खलिफाको कन्स्ट्रक्सनको काम दक्षिण कोरियन कम्पनी सामसुङ सी एण्ड टी कर्पोरेसनलाई दिइयो ।

काम सुरु भएको तीन वर्षमै यसले रेकर्ड राख्न सफल भयो । सन् २००८ अप्रिल ७ मा यो भवनले मानव निर्मीत सबैभन्दा अग्लो भवनको रेकर्ड राख्न सफल भयो । यस भवनलाई निर्माण गर्न कैंयौं रकम खर्च भएपछि अबुधावीका प्रेसिडेन्ट खलिफा बिन जायदसँग आर्थिक सहयोगको अपिल गरियो । यसभन्दा पहिले यो टावरको नाम बुर्ज टावर रहेको थियो ।

तर खलिफा बिनको आर्थिक सहयोगमा यस भवनलाई सम्पन्न गरेपछि उनकै सम्मानमा बुर्ज खलिफा नामाकरण गरियो । सन् २००८ अक्टुबरमा यस भवनको काम सम्पन्न भयो भने सन् २०१० जनवरी ४ मा यसको ओपनिङ गरियो ।

यस भवन निर्माण सम्पन्न हुँदा १.५ बिलियन डलर खर्च भएको थियो । तर केही मानिसहरु भने यो भन्दा बढी रकम खर्च भएको बताउँछन् । सन् २०१० मार्च १० मा यस भवनलाई आधिकारिक रुपमा विश्वको सबैभन्दा अग्लो भवन घोषणा गरियो । त्यसबेलादेखि यो रेकड यसै भवनको नाममा रहेको छ ।