२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरिद बिलबिना सामान बिक्री गर्ने आठ पसललाई कारवाही



अ+ अ-

सप्तरी । खरिद बिलबिना नै सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने सप्तरीको राजविराजका आठ पसल कारबाहीमा परेका छन् । खरिद बिल देखाउन नसक्ने राजविराजका आठ पसल कारबाहीमा परेको वीरगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ ।
उक्त कार्यालयले बिहीबार गरेको पसल अनुगमनमा खरिद बिल नदेखाउने, मूल्यसूची नराख्ने र अनुगमन कार्यमा असहयोग गर्ने पसललाई जरिवाना गरिएको हो ।कार्यालयका सूचना अधिकारी दिलीप खंगका अनुसार मूल्यसूची नराख्ने दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर र नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २०–२० हजार जरिवाना गरिएको छ ।

गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई रु पाँच–पाँच हजारका दरले जरिवाना तोकिएको छ । अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिद–बिक्री केन्द्र र न्यू पूजा बस्त्रालयलाई रु २० हजारका दरले जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई जरिवाना गरिएको उहाँको भनाइ थियोे । खरिद बिलबिना सामान खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको गु्नासोका आधारमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ ।

भारतबाट लुकाइछिपाइ राजस्व छलेर लत्ताकपडा, खाद्यान्नलगायत उपभोग्य वस्तु भित्र्याइ विभिन्न पसलमा बिक्री वितरण हुँदै आएको व्यापारीहरुकै गुनासो छ ।