१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ: मन्त्री कार्की



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐनरकानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको बताउनुभयो ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रुपमा विकास गर्ने मन्त्री कार्कीको थियो । उहाँले भन्नुभयो, “चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउने छ ।” चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । उहाँले अबको पुस्तालाई दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्य अनुरुप विदेशी चलचित्र घरमा प्रदर्शन गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले प्रर्याप्त अध्ययन गरेर समय सुहाउँदो दर्शकको चाहाना अनुरुपको गुणस्तरी चललिच निर्माणमा ध्यान दिन अपिल गर्नुभयो । बोर्डका सदस्य सचिव टङ्क महतले बोर्डकै पहलमा कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्रबारे समावेश गरी अहिले अध्ययन भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०७७’ कार्यलय सहयोगी हरिबहादुर केशी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि क्रमशः १५ र २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी २०७८ सालको उत्कृष्ट कर्मचारी पुरस्कार सहायक खरिदारद्वय रेणुमाया लामा र रञ्जन अधिकारीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि १५ र २५ हजार रुपैयाँ रहेको छ । बोर्डले भुवन केसी, डा भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ ।