२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरप्रदेशका मुख्यमन्त्री चढेको हेलिकप्टर आपतकालीन अवतरण



अ+ अ-

एजेन्सी । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको हेलिकप्टर आइतबार बिहान वाराणसीमा आपतकालीन अवतरण गर्नुपरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार १५५० फिटको उचाइमा उनको हेलिकोप्टर चरासँग ठोक्किएको थियो । तर, पाइलटको सचेतताले ठूलो दुर्घटना हुनबाट जोगियो ।

चराले ठक्कर दिएपछि पाइलटले हेलिकप्टरलाई सावधानीका रूपमा प्रहरी लाइन मैदानमा फिर्ता ल्याएका थिए । योगी प्रहरी लाइन मैदानबाट सर्किट हाउस फर्किएका छन् भने अब उनी सडकबाट बाबात्पुर विमानस्थल जानेछन् ।

योगी बिहान ९ बजे सर्किट हाउसबाट लखनउ जानका लागि पुलिस लाइन ग्राउन्डतर्फ प्रस्थान गरेका थिए । केही समयपछि उनको हेलिकप्टर यहाँबाट उड्यो । तर करिब १० मिनेटपछि हेलिकप्टर प्रहरी मैदानमा फर्किएको थियो । यसले प्रहरी र प्रशासनिक कर्मचारीमा तरंग पैदा गरेको छ । मुख्यमन्त्री तल आएपछि पिसौर पुल नजिकै १५५० फिटको उचाइमा आकाशमा हेलिकप्टरसँग चरा ठोक्किएको भेटियो ।

योगी दुई दिने भ्रमणमा शनिबार साँझ वाराणसी आएका थिए ।