• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य ★   शंखमुलस्थित एक पसलमा आगलागी ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा

अनशनरत तिलक कोइराला अस्पतालमा, पुनः अनशन बस्न जान दिइएन



काठमाडौँ । पूँजीबजार सुधार र विकासको १९ बुँदे माग राख्दै यही असार १ गतेदेखि अनशन बसेका तिलक कोइराला अस्पताल भर्ना भएका छन् । पूँजीबजार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला अनशन बसेको आज सातौँ दिन हुँदा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई पाटन अस्पताल पुर्याइएको छ ।

चिकित्सककै आग्रहमा अस्पताल पुर्याइएका कोइरालालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । कोइरालाले आफू ठिक रहेको बताए पनि अनशनस्थल (नेपाल धितोपत्र बोर्ड) फर्कन खोजेका छन् ।

तर उनलाई अस्पताल बाहिर जान नदिन अस्पताल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीका अनुसार राज्यकै निर्देशनमा उनलाई अस्पतालबाहिर जान नदिएर बन्धक बनाएको छ ।