३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत तिलक कोइराला अस्पतालमा, पुनः अनशन बस्न जान दिइएन



अ+ अ-

काठमाडौँ । पूँजीबजार सुधार र विकासको १९ बुँदे माग राख्दै यही असार १ गतेदेखि अनशन बसेका तिलक कोइराला अस्पताल भर्ना भएका छन् । पूँजीबजार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला अनशन बसेको आज सातौँ दिन हुँदा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई पाटन अस्पताल पुर्याइएको छ ।

चिकित्सककै आग्रहमा अस्पताल पुर्याइएका कोइरालालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । कोइरालाले आफू ठिक रहेको बताए पनि अनशनस्थल (नेपाल धितोपत्र बोर्ड) फर्कन खोजेका छन् ।

तर उनलाई अस्पताल बाहिर जान नदिन अस्पताल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीका अनुसार राज्यकै निर्देशनमा उनलाई अस्पतालबाहिर जान नदिएर बन्धक बनाएको छ ।