४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

काँक्रो आफु खाने, अनि वियाँ चाँहि अर्काको गालामा टाँसी दिने? अति भो है महोदयहरू !

काँक्रो आफु खाने, अनि वियाँ चाँहि अर्काको गालामा टाँसी दिने? अति भो है महोदयहरू !
अ+ अ-

सार्वभौमसत्ता, भौगोलिक अखण्डा, राष्ट्रियता र देशप्रेमको मामिला एमाले अध्यक्ष केपी शर्मा ओलीको अविचल अडानप्रति चिडिएको एउटा पङ्ति सदैव उहाँको निष्ठामाथि प्रश्न गर्न र आक्रमण गर्न कसरी सकिन्छ भन्नेमा क्रियाशील देखिन्छ ।

प्रचारमा आएको प्रधानमन्त्रीको संभावित अमेरिका भ्रमणको बेला गुपचुप संझौता हुन लागेको भनि चर्चामा रहेको स्टेट पार्टनरसीप प्रोग्राम प्रति एमालेले प्रश्न गर्‍यो।के यसमा हाम्रो देशले सहभागिता जनाउन हुन्छ ?

जवाफमा नेकपा एमालेका अध्यक्ष सहित सिङ्गो पार्टी पङ्तिले एक स्वरमा भन्यो, हुन्न । मिडियामा प्रचारित १० बुँदे संझौता प्रस्ताव सही हो भने सरकारले जवाफ देओस्, त्यो नक्कली हो भने आशंका अन्त्य हुने गरी सदनलाई आस्वस्त पारियोस् ।

एमालेको यस धारणाप्रति पहिले गठबन्धन वालाहरुले ‘ हैन, हुँदै नभएको कुरा ‘ भने । अमेरिकी नियोगबाट पनि ‘.. संझौता भएको छैन, तयारी छैन ‘ १० बुँदे प्रस्ताव तयार गरिएको हैन ‘ तर एसपीपीमा संलग्नताको कुरा हाम्रो हैन नेपालको अनुरोध हो‘ जस्ता अन्तरबिरोधी धारणा सार्वजनिक भयो ।

यतिखेर हैन, छैन भन्ने सत्ताधारी नेताहरु ‘यो त केपी ओली प्रधानमन्त्री हुँदा अघि बढाएको हो । ‘ हामीले मुलुक जोगायौं ‘ एमालेको राष्ट्रवाद देखियो’ भन्ने जस्ता ‘डिस्इन्फरमेशन’ फैलाउन व्यस्त छन् ।

दुई राष्ट्रबीच कुनै संधी संझौता हुँदैछ भने त्यसको श्रृङ्खलावद्ध पत्र आदान प्रदान हुन्छ । त्यसको अर्काइभिङ्ग सम्बन्धित निकायमा हुनुपर्छ, हुन्छ नै । त्यसलाई सार्वजनिक गरे कुनै भ्रमको तुवाँलो बाँकी नै रहन्न । तर गठबन्धन र यसका मतियारहरुलाई जनतामा सही सूचना प्रेषित गर्नु छैन । त्यसको ध्याउन्न नै प्रतिष्पर्धी एमालेलाई लाञ्छना लगाउनुमा छ ।

चर्चामा रहेको विषयको आधिकारिक तथ्य सम्बन्धित निकायले नै सार्वजनिक गर्लान्, यहाँ भ्रम सिर्जना गर्न प्रचारमा ल्याइएका केही तिथि, मिति र घटनालाई क्रममा राखिएको छ । यसले काँक्रो खाएर अर्काको गालामा वियाँ टास्ने बानी परेकाहरुको दुस्ट्याँइलाई स्पष्ट पार्नेछ ।

–– १० सेप्टेम्बर २०१५ (२०७२ भाद्र २४ गते)। नयाँ प्रधानसेनापति बहाल भएको दिन । जङ्गी अड्डाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताको सन्दर्भमा अमेरिकी राज्यबाट प्राप्त पत्रमा सरकारको सहमति वा असहमती के छ– त्यसको निर्देशनको लागि पत्राचार गर्‍यो । प्रधानमन्त्री सुशील कोईराला हुनुहुन्थ्यो।

-३० सेप्टेम्बर २०१५ (२०७२ असोज १३) गते । २० दिनपछि रक्षा मन्त्रालयले जङ्गी अड्डालाई यसप्रति सकारात्मक रहेको पत्राचार गर्‍यो ।
९सरकार परिवर्तन भयो । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री नियुक्त ।

(२७ अक्टोबर २०१५ (२०७२ कात्तिक १० गते) । नयाँ प्रधानमन्त्री नियुक्तिको १५औं दिन । प्रधान सेनापतिले असोज १३ गतेको रक्षा मन्त्रालयको पत्रको आधारमा …as authorised by the Government of Nepal … भन्दै नेपाली सेना एनजी एसपीपी (नेशनल गार्ड स्टेट पार्टनरशीप प्रोग्राम) मा सामेल हुने अनुरोध अमेरिकी राजदुतलाई पत्राचार गरे (एउटा अनलाइनमा प्रकाशित यस पत्रको आधिकारिकता बारे प्रश्न उठेको छ)।

अमेरिकाले यो अनुरोध अस्वीकार गर्‍यो । सरकार परिवर्तन भयो । पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त ।

– ७ मे २०१७ (२०७४ बैशाख २४ गते)। प्रचण्ड प्रधानमन्त्रीबाट हट्नु भन्दा एक महिना अघि । प्रधान सेनापतिले फेरी पुरानै ९२०७२ कात्तिक १० गते० लयको पत्राचार दोहर्‍याए । अमेरिकाले यो अनुरोध पनि अस्वीकार गर्‍यो ।

-सरकार परिवर्तन भयो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त ।

-४ फेब्रुअरी २०१८ (२०७४ माघ २१ गते) । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभन्दा ११ दिन अधि । प्रधान सेनापतिले उही अस्वीकृत पत्र (२०७२ कात्तिक १० गतेको) तेस्रो चोटी पत्राचार गरे । अमेरिकी पक्षबाट प्रतिक्रिया बिहिन लामो मौनता रह्यो ।

(१ जुन २०१९ ९२०७६ जेठ) । अमेरिकाले एसपीपी, आइपीएसको अङ्ग भएको र नेपाल एसपीपीमा तत्काल सामेल गरिएको रिपोर्ट प्रकाशित गर्‍यो । यस रिपोर्टप्रति नेपालको गंभीर आपत्ती रह्यो । सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा तथ्य बुझ्न एउटा कार्यदल गठन गर्‍यो । कार्यदलले प्रतिवेदनप्रति नेपाल सरकारको सहमती नरहेकोले एसपीपी सम्बन्धि कुनैपनि पत्राचार नगर्ने निर्णय गर्‍यो ।

तथ्य यही हैन? २०७२ कात्तिक १० गते प्रधानसेनापतीले गरेको भनिएको पत्राचार सही हो भने पनि त्यो पनि २०७२ असोज १३ गतेको रक्षा मन्त्रालयको पत्रको आधारमा लेखिएको छ ।

(२०७२ असोज १३ गते को थियो प्रधानमन्त्री ? को थियो रक्षामन्त्री ? यहाँ एमाले र केपी ओलीमाथि आक्रमण किन?

मानिलिउँ, त्यतीखेर जोसुकै होस् प्रधानमन्त्री । पत्र अस्वीकृत भएछ त ।

९२०७४ बैशाख २४ गते पत्राचार किन दोहर्‍याएको ? बैशाख २४ गते को थियो प्रधानमन्त्रीरुको थियो रक्षामन्त्री?हेक्का होला नी ? हैन? यहाँ फेरी पनि एमाले र केपी ओलीमाथि आक्रमण किन नि ?

लौ मानौं, त्यतीखेर जोसुकै होस् प्रधानमन्त्री । पत्र फेरी अस्वीकृत भएछ त ।

चुनाव सकिएको बेला, जनताले अत्यधिक मत दिएर पठाएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्न नदिन आँ–उँ गरिरहेको बेला, २/२ चोटी अस्वीकृत भइसकेको अनुरोध फेरी किन तेहर्‍याएको ? केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभन्दा ठीक ११ दिन अघि २०७४ माघ २१ गते को थियो प्रधानमन्त्री रु को थियो रक्षामन्त्री ?संझाइ रहनु पर्छ ?

२०७६ जेठ पछि मुलुकलाई लाभ नगर्ने यो खेल भो अब यही रोकौं भनी ‘खाता बन्द’ गर्ने कार्यदल बनाउँदा को थियो प्रधानमन्त्री ? को थियो रक्षामन्त्री ?जवाफ दोहर्‍याउन पर्छ ?

तथ्यमा बहस गरौं । ‘डिस्इन्फरमेशन’ रोकौं ।

नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालको सामाजिक संञ्जालबाट