५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपः नेपालले आज भुटानको सामना गर्दै



अ+ अ-

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ । नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ ।

यस्तै, भुटान पनि नेपाललाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

च्याम्पियनसिपमा नेपाल समूह ‘बी’मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै, समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।