२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने अहिलेसम्म कुनै निर्णय भएको छैन: प्रधानमन्त्री देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा सरकारले हस्ताक्षर गर्ने अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ ।

अमेरिकासँग हुने भनिएको एसपीपी सम्झौताबारे सत्ता साझेदार दल र प्रतिपक्षी दलबाट तीव्र आलोचना भएपछि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दलका नेताहरुसँग एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय नभएको बताउनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठ्ने हिसाबले सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले एसपीपी सम्झौताबारे सार्वजनिक भएको मस्यौदामा कुनै सत्यता नभएको बताउनुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको हितमा नहुने कुनै पनि सम्झौता नगर्ने आश्वासन दिनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै नेपालले भन्नुभयो, “एसपीपी पहिलेदेखि नै चर्चामा आएको विषय हो, सबैको सहमति नहुने विषयमा म कसैले कर गरेर गर् भने पनि गर्दिनँ ।”

नेपालका अनुसार प्रधानमन्त्री देउवाले असंलग्न पराराष्ट्र नीति नछाड्ने भनेर आश्वास दिनुभएको छ । प्रधानमन्त्रीले नेपालको वर्तमान परराष्ट्र नीतिमा कुनै विचलन आउन नदिने पनि बताउनुभयो ।