२७ भाद्र २०८३, शनिबार
,
Latest
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने अहिलेसम्म कुनै निर्णय भएको छैन: प्रधानमन्त्री देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा सरकारले हस्ताक्षर गर्ने अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ ।

अमेरिकासँग हुने भनिएको एसपीपी सम्झौताबारे सत्ता साझेदार दल र प्रतिपक्षी दलबाट तीव्र आलोचना भएपछि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दलका नेताहरुसँग एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय नभएको बताउनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठ्ने हिसाबले सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले एसपीपी सम्झौताबारे सार्वजनिक भएको मस्यौदामा कुनै सत्यता नभएको बताउनुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको हितमा नहुने कुनै पनि सम्झौता नगर्ने आश्वासन दिनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै नेपालले भन्नुभयो, “एसपीपी पहिलेदेखि नै चर्चामा आएको विषय हो, सबैको सहमति नहुने विषयमा म कसैले कर गरेर गर् भने पनि गर्दिनँ ।”

नेपालका अनुसार प्रधानमन्त्री देउवाले असंलग्न पराराष्ट्र नीति नछाड्ने भनेर आश्वास दिनुभएको छ । प्रधानमन्त्रीले नेपालको वर्तमान परराष्ट्र नीतिमा कुनै विचलन आउन नदिने पनि बताउनुभयो ।