१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुननिर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भुक्षय र पहिरोको जोखिममा रहेकाले ति क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘प्रकोप निराकरण र व्यवस्थित पुनर्निमाणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु । भुक्षय र पहिरोबाट कास्की क्षेत्र नं. २ अन्र्तगत दोबिला, दम्सादी, छोरेपाटन, भलाङ, अर्मला क्षेत्रहरु अत्यन्तै जोखिममा छन् । यि क्षेत्रहरुको तत्काल संरक्षण र दिगो विकासका कार्यक्रम र योजना ल्याउन सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले बालश्रम उन्मुलन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उद्योगहरुलाई बालबालिकालाई श्रममा नलगाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानून कार्यान्वयमा सहयोग पु¥याउन अनुरोध गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले विद्यार्थीहरुलाई तत्काल पाठ्यपुस्तक दिलाउन शिक्षामन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले किसानहरुलाई मल र बिउ सहज रुपमा दिलाउन पनि सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले रासायनिक मलको अभावले किसानहरु चिन्तित हुनुपरेको बताउनुभयो । उहाँले तराईका किसानले भारतबाट मल किनेर ल्याउँदा सिमाना दुख पाएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिकता विधेयकलाई तत्काल संसदबाट पारित गरी जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले सडक दुर्घटनाहरुलाई न्युनीकरण गर्न सडकको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सबै सडकहरुको स्तरोन्नतिलाई प्राथमिकता राख्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘वर्षेनी हुने दुर्घटनाहरुलाई न्युन गर्न संघ, प्रदेश र स्थानीय तहबाट निर्माण गरिने सडकको मापदण्डको प्रभावकारी कार्यान्वयन र हरेक वडाको केन्द्र सम्ममा सबै मौसममा यातायात सुचारु हुनसक्ने गरी सडकहरुको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न म विशेष आग्रह गर्दछु । साथै मनसुन सुरु हुदैछ । विपतको रोकथाम, उद्धार र पुर्नस्थापनाको लागि पूर्वतयारीको कामहरु के कस्तो भइरहेको छ यस बारेमा आवश्यक सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु ।’

प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सरकारले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर ६ अर्बभन्दा बढी रकम विश्व बैंकबाट प्राप्त गरेको भएपनि सिन्धुपाल्चोकमा खर्च नगरेको बताउनुभयो । उहाँले सो रकम सिन्धुपाल्चोकमै खर्च गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषणा ग¥यो । सबै संकटग्रस्त जिल्ला घोषणा गर्दा विश्व बैंकबाट करिब साढे ६ अर्ब भन्दा बढी पैसा प्राप्त गरेको देखिन्छ । तर त्यो क्षेत्रमा अहिलेसम्म कुनै काम गरिएको छैन । अहिलेपनि ३ वटा पालिकामा कनेक्टिभिटी नै टुटीसकेको छ । यो रकम अन्तै तलव, भत्तामा खर्च ग¥यो कि ? जिल्लाका नाममा आएको पैसा त्यही खर्च गरियोस् ।’

प्रतिनिधि सभा सदस्य डा. सुर्यप्रसाद पाठकले दलितहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको थरमा एकरुपता ल्याइदिन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले कामी, दमाई, सार्कीले आफ्नो थर राखि नागरिकता लिन पाउने व्यवस्था अविलम्ब गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।