४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने
अ+ अ-

चितवन । विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।

रेटिना विज्ञ डा. संयम बजिमयले सात/आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताउनुभयो । त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उहाँको भनाइ थियो । डा. बजिमयले भन्नुभयो “समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।”

समय पुगेर जन्मिएका शिशुको पनि छ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो । नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा बजिमयले समयमै उपचार पाएमा समस्या नहुने उल्लेख गर्नुुभयो ।पहिले पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो तर अहिले प्रविधिको विकास र जनशक्तिको व्यवस्थाले कम तौलका शिशुलाई बचाउन सकिएको छ । भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु)का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा. ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताउनुभयो ।

त्यस्ता शिशुको शरीरका अङ्ग कमजोर हुने जानकारी दिँदै उहाँले भन्नुभयो “रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।”बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, सङ्क्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा. पाठकको भनाइ थियो । सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उहाँले आँखा स्क्रिनिङ गर्न सुझाव दिनुभयो । शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने र त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गराउन डा पाठकले सुझाव दिनुभयो ।

चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आउनुभएका बाल रोग विशेषज्ञ डा विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताउनुभयो । त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने र सङ्क्रमण भयो भने आँखामा समस्या आउने उहाँले सुझाउनुभयो । उपचार गर्दा यी कुरामा ध्यान दिनुपर्ने भए पनि आँखाको परीक्षण भने गर्नै पर्ने डा. पराजुलीको तर्क थियो ।

सैतिस हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिन दिनुपर्ने र सङ्क्रमण भएका शिशुको आँखामा जोखिम बढी हुनसक्छ । भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ कम उमेरमा जन्मिएका शिशुको कम तौल हुने र उनीहरुमा विशेष प्रकारको समस्या आउने बताउनुभयो । आँखाको पर्दामा असर देखिने भन्दै उहाँले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटीको सम्भावना धेरै हुने बताउनुभयो ।डा श्रेष्ठले भन्नुभयो “समयमा उपचार पाएमा उनीहरु अन्धो हुनबाट जोगिन्छन् ।” बाल सघन उपचार कक्षमा रहेर अक्सिजन प्रयोग गरिएका बिरामी शिशुको अनिवार्य आँखा परीक्षण गराउन उहाँले सुझाव दिनुभयो ।

भरतपुर आँखा अस्पतालमा यसप्रकारको समस्या लिएर प्रत्येक महिना पाँच जनाको हाराहारीमा बिरामी आउने गरेको डा. श्रेष्ठको भनाइ थियो । दैनिक बहिरङ्ग सेवामा एक सय हाराहारी शिशु उपचारका लागि आउने गर्दछन् । तीमध्ये पाँच जनालाई समस्या नै हुने गरेको छ ।

भरतपुर आँखा अस्पताल र यसका सेवा केन्द्रमा आँखाको उपचार हुने भएकाले यस्ता शिशुलाई समयमै उपचार गर्न उहाँले सुझाव दिनुभयो । सुरुको समयमा सामान्य परीक्षण गरेमा निको हुने भए पनि समय–समयमा उपचार नगर्दा जटिल समस्या आउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले अभिभावकलाई आँखाको परीक्षण गराउनुपर्छ भन्ने विषयमा सचेतना जगाउने गरी काम गर्नुपर्ने र अन्य बालबालिकाको पनि समय समयमा आँखाको परीक्षण गराउनु पर्नेमा सुझाव दिइएको थियो । रासस