२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा संग अमेरिकी सेनाका प्यासिफिक कमान्डरको भेट



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणा रहेका अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए- फ्लायनले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउFसो शिष्टाचार भेट भएको हो ।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी सँग पनि शिष्टाचार भेट गर्दैछन् ।

त्यस्तै उनले आजै सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ । अमेरिकाले नेपाली सेनासँग हस्ताक्षर गर्न चाहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समझदारीपत्र टुंग्याउनेबारे फ्लिनले उच्चतहमा कुराकानी गर्न सक्ने बताइएको छ ।

अमेरिकी दूतावासले कान्तिपथस्थित फोरा दरबारमा आयोजना हुने प्रवचन कार्यक्रममा अमेरिकाको नेपालसँगको परम्परागत सैन्य सम्बन्ध र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे फ्लिनले व्याख्या गर्ने समेत कार्यक्रम रहेको छ ।

उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर पनि दिइने सेनाले बताएको छ।