११ भाद्र २०८३, बिहीबार Thursday, August 27, 2026
११ भाद्र २०८३, बिहीबार
ताजा खबर
Bizline Nepal बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग Bizline Nepal बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग Bizline Nepal कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने Bizline Nepal वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष Bizline Nepal भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला Bizline Nepal पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” Bizline Nepal बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ Bizline Nepal रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग Bizline Nepal भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन Bizline Nepal भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन Bizline Nepal उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री Bizline Nepal गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा Bizline Nepal परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता Bizline Nepal बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? Bizline Nepal बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त Bizline Nepal बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह Bizline Nepal मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव Bizline Nepal पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा Bizline Nepal बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन Bizline Nepal भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषद्मा उजुरी

अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेखररचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ ।

परिषद्को आचारसहिंता अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख नमिता घिमिरेले परिषद्को आचारसंहिता उल्लघङ्न गरेर विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको बताउनुभयो । उहाँका अनुसार उजुरी परेकामध्ये धेरैजसो झुटा विवरण राखेर लेख प्रकाशित भएका छन् ।

हँुदै नभएको परीक्षण प्रयोगशालामा छ, भनेर, अभिभावकको अनुमतिबिना बालबालिकाको परीक्षण, एउटा उद्देश्यका लागि भनेर अनुमति लिए पनि अर्कै विषयमा अनुसन्धान गर्नेजस्ता अनुसन्धानकर्ताले झुटो विवरण प्रकाशित गर्ने गरेको पाइएको उहाँको भनाइ छ ।

परिषद्लाई प्राप्त भएका ती उजुरीमाथि छानबिन भइरहेको उहाँले जानकारी दिनुभयो । घिमिरेले आचारसहिंता उल्लङ्घन गरी अनुसन्धात्मक लेख प्रकाशित गर्ने अनुसन्धाकर्तालाई परिषद् ऐनअनुसार अनुसन्धानमा रोक लगाउन सकिने व्यवस्था रहेको जानकारी दिनुभयो । परिषद्को ऐन २०७४ को दफा १० मा स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्न स्वीकृत लिनुपर्ने र दफा १२ को ९२०मा स्वीकृत नलिइ अनुसन्धान कार्य गरेमा वा स्वीकृत लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकि त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्ने उल्लेख गरिएको छ ।

परिषद्सँग स्वीकृत लिएर वार्षिक ८०० भन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुसन्धान हुने गरेको पाइएको छ । परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले स्वास्थ्यसँग सम्बन्धित अध्ययन, अनुसन्धान परिषद्को आचारसहिंतामा बाँधिएर गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिले नेपालमा अनुसन्धान गर्न चाहदा परिषद्को स्वीकृत स्वीकृत लिनुपर्दछ र सर्त राखेर मात्र अध्ययन गर्न दिने बताउनुभयो ।

“परिषद्को स्वीकृतमा वैज्ञानिक आधारमा स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन गर्नुपर्दछ” ज्ञवालीले भन्नुभयो, “अध्ययन गर्दा आचारसहिंताविपरीत मानवीय असरपर्ने खालको गर्नुहुँदैन ।” उहाँले कुनै पनि संस्थाले स्वास्थ्यमा अनुसन्धान गर्दा नियम पालना नगरे निश्चित समयसम्म अनुसन्धानमा रोक लगाउन सक्ने बताउनुभयो ।

“अनुसन्धानकर्ताले स्वीकृत अनुसार काम नगरे, आचारसहिंताको गम्भीर उल्लङ्घन भयो, गम्भीर मानवीय असर ग¥यो, स्वीकृतबिना नै काम गरेमा कारबाही गछाँै” उहाँले भन्नुभयो, “कुनै व्यक्तिले ढाँटेर जर्नल प्रकाशित गर्न पाउँदैन ।”

परिषद्का सदस्यसचिव समेत रहनुभएका डा ज्ञवालीले अहिले अनुसन्धानको लागि नाम जर्नलमा प्रकाशित गरेर वैज्ञानिक बन्ने चलन बढेकोले त्यसलाई रोक्ने बताउनुभयो । उहाँले अनुसन्धानकर्ताले गुणस्तरिय अनुसन्धान गर्नका लागि शैक्षिक योग्यता पनि सोहीअनुसार हुनुपर्ने बताउनुभयो । “शिक्षासँग तालिम र अनुभव नभएको व्यक्ति अनुसन्धानकर्ता हुन सक्दैन,” उहाँले भन्नुभयो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रको चासोका बिषयमा अध्ययन गर्दा राष्ट्रिय स्वास्थ्यका सम्बन्धमा कतिको फाइदा भयो वा हुन्छ, त्यसबारे पनि हेर्ने गरेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य नीतिमा रहेर स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ रहेको छ ।

यस्तै परिषद्ले आचारसंहिताको पालना गरे नगरेकोबारे अनुगमन गर्न ‘आचारसहिंता पुनरावलोकन समिति’समेत गठन गरेको छ । समितिलाई कुनै पनि अनुसन्धान गर्न योग्य छ वा छैन, परिषद्को मान्यताअनुसार आचारसहिंता पालना गरे वा नगरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पालना गरे वा नगरेको तथा अनुसन्धानले स्वास्थ्यलाई हानी हुन्छ कि हुदैन, स्वीकृत गर्ने/नगर्ने अधिकार रहेको परिषद्को मूल्याङ्कन शाखाप्रमुख घिमिरे बताउनुहुन्छ ।

यस्तै परिषद्ले विभिन्न ५५ संस्थामा ‘संस्थागत आचारसहिंता पुनरावलोन समिति’ गठन गरेको छ ।

यसैबीच परिषद्ले अनुसन्धानकर्ताको ‘परिचय पत्र’ बनाउने भएको छ । परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवालीले परिचय पत्र बनाउनका लागि छलफल चलिरहेकोले चाँडै नै उपलब्ध गराउने बताउनुभयो । कम्युटरमा खोल्ने वितिकै “अनुसन्धानकर्ताको परिचय तथा उसका सवै कामबारे जानकारी लिन सकिन्छ” उहाँले भन्नुभयो, “परिचय पत्रको आधारमा अनुसन्धानकर्ता नक्कली हो वा होइन तथा कुन तहको हो भन्ने कुरा सबै थाहा हुन्छ ।” रासस