२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाका उच्च अधिकारी काठमाडौंमा



अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आईपुगेका छन् ।
फ्लिनलाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

नेपाली सेनाका अनुसार भोलि शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने छन् । शुक्रबार नै प्रधानसेनापति शर्माले सैनिक जनरलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।

नेपाल भ्रमणका क्रममा सैनिक जनरल फ्लिन शनिबार माउन्टेन फ्लाइटबाट सगरमाथा आधार शिविर भ्रमण गर्ने र सोलुखुम्बुको नाम्चे बजारमाथि रहेको एभरेष्ट भ्यू होटलमा दिवाभोज गर्ने कार्यक्रम छ ।

सैनिक जनरल फ्लिनको आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

सन् २०२१ जुनदेखि उनी एसिया–प्रशान्त क्षेत्रको उनी प्रमुख छन् ।