२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ ।

नेपालले छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (युएई) १० विकेटले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । यस हारसँगै मलेसिया ५ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा रह्यो । छनोटमा युएई ८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अङ्क जोडेर दोस्रो स्थानमा छ । आज हुने थाइल्याण्ड र युएईबीचको खेलले विश्वकपमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।

आजको खेलमा नेपालले दिएको ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रनमा समेटियो । मलेसियाको लागि एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यसबाहेक अन्य ब्याटरले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिइन् भने मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनको योगफल बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् भने आश्मा पुलामी मगरले २६ रन जोडिन् । त्यसैगरी सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीन/तीन रन जोड्दा कृतिका मरासिनीले एक रन जोडिन् । मलेसियाकी नुर सामेदले दुई विकेट लिइन् ।

छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ को विश्वकप खेल्नेछ ।




भर्खरै