२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुग्यो



अ+ अ-

लागोस । नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट गराउनुका साथै गोली प्रहार गरेर ती व्यक्तिको हत्या गरिएको थियो ।

ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार सो हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।

ओयो सहरस्थित सो चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो । तर यस पटकको पछिल्लो यो हमला शक्तिशाली रहेको बताइएको छ ।