२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री फेरिए, सरकार फेरियो तर मलको कथा उस्तै रह्योः गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले देशमा भएको मलको समस्याबारे प्रतिनिधिसभामा ध्यानाकर्षण गराएका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै सांसद थापाले भने ‘नेपाललाई करिब पाँच लाख २० हजार मेट्रिक टन आवश्यक पर्छ । जेठ र असारमा दुईदेखि तीन लाख मेट्रिक टन मल चाहिन्छ । कृषि मन्त्रालयले असार मसान्तसम्म १ लाख ९२ हजार मेट्रिक टन मल आउने भनेको छ । सम्माननीय सभामुख महोदय मल आउँदैन । आउन सक्दै सक्दैन । यो सम्भव नै छैन । सरकार फेरियो, मानिसहरु फेरिए, मन्त्री फेरिए तर मलको कथा फेरिएन ।’

जिम्मेवारीमा रहेका मानिसहरुले सही ढंगले काम नगरेपछि मलको समस्या आएको उनको भनाई छ । कृषिको लागि अत्यधिक बजेट रकम छुट्याएपनि मलको अभाव भएकोमा सांसद थापाले दुःख व्यक्त गरे ।

उनले भने ‘सम्पूर्ण कुरा हुँदाहुँदै हामीले मल ल्याउन सकेनौँ, हामीले गर्न नसकेको कि नचाहेको ? हामीले काम गर्ने तरिका बदल्नुपर्छ । किसानहरुको आँशुले हामीलाई पोल्छ ।’

 




भर्खरै