काठमाडौँ । बन्चरेडाँडाका स्थानीयवासीले आज पनि काठमाडौँबाट गएको फोहोरको गाडीलाई रोकेका छन् । आफूहरुसँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरुले फोहोरका गाडी रोकेका हुन् ।
हिजो मंगलबार प्रहरीले त्यसरी नै स्थानीयवासीले फोहोरको गाडीलाई रोकेपछि बल प्रयोग गरेर विसर्जन गरेको थियो ।